+
+

मेयर बालेन लण्डन जाँदै, ‘हेल्दी सिटी समिट’मा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १७:२३
बालेन साह/फाइल तस्वीर

११ फागुन, काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् ।

‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लागेका हुन् । मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ ।

मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद्‍ बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाइने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

निजी भ्रमणका क्रममा भने यसअघि मेयर साह इन्डोनेसिया गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?