+
+

बार्सिलोनालाई हराउँदै म्यानचेष्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते ७:५२

१२ फागुन, काठमाडौं । बार्सिलोना विरुद्ध पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

नकआउट चरणको लागि भएको प्लेअफ अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ ले हराउँदै युनाइटेडले समग्रमा ४–३ को जित हात पारेको हो । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि परेर पनि दुई गोल फर्काएको थियो । पहिलो लेगको खेल २–२ को बराबरिमा सकिएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसलाई कायम राख्न सकेन । युनाइटेडले दोस्रो हाफमा दुई गोल फर्कायो । ४७ औं मिनेटमा युनाइटेडका लागि फ्रेडले बराबरी गोल गरे । त्यसपछि ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

बार्सिलोना सन् १९९८/९९ को सिजन पछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पनि पुग्न नसकेको यो पहिलो पटक हो । इटालियन क्लब युभेन्ट्स र स्पानिस क्लब सेभियाले पनि युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

एन्जल डि मारियाले ह्याट्रिक गरेपछि युभेन्ट्सले दोस्रो लेगमा नान्ट्सलाई ३–० ले हराउदै समग्रमा ४–१ को जित निकाल्यो । यस्तै सेभिया दोस्रो लेगमा पीएसभी आइन्डहोभनसँग २–० ले पराजित हुनका बाबजुत पनि समग्रमा ३–२ को नतिजासहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो ।

यस्तै जर्मनीको युनियन बर्लिन र बायर लेभरकुजन, इटलीकै रोमा, फ्रान्सको रेन्स र पोर्चुगलको स्पोर्टिङ सिएफले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?