+
+

यू-१९ राष्ट्रिय टिमबाट ७ खेलाडीको डेब्यु, डेब्युमै आकाशको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १३:३५

१२ फागुन, काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा आकाश त्रिपाठीले अर्धशतक पूरा गरेका छन् ।

युएईमा चलिरहेको छनोट प्रतियोगितामा आकाशले यू–१९ राष्ट्रिय टिमबाट सिङ्गापुर विरुद्ध डेब्यु गरेका आकाशले १०० बल खेल्दै ७ चौका एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भएका छन् ।

घरेलु क्रिकेटमा २०२२ को यू–१९ प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्ने आकाशले नेपालका लागि पहिलो टुरमा नै राम्रो प्रदर्शन गरेका हुन् । नेपालले ४० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १९१ रन बनाएको छ ।

युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि ७ जना खेलाडीले डेब्यु गरेका छन् । आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपकप्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले डेब्यु गरेका छन् ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?