१२ फागुन, काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट विशाल विक्रम केसीले पनि अर्धशतक बनाएका छन् ।
युएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा विशालले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।
घरेलु क्रिकेटमा लुम्बिनी यू–१९ क्रिकेट टिमको कप्तानी समेत गरी सकेका विशालले पाँचौं क्रमका ब्याटरका रुपमा मैदान छिरेर ४५ बलमा ३ चौका र २ छक्का सहि अर्धशतक बनाएका हुन् ।
नेपाल अहिले ४८ ओभरको खेल सकिँदा ७ विकेट गुमाइ २४३ रन बनाएको छ ।
यसअघि आकाश त्रिपाठीले पनि डेब्युमै अर्धशतक पूरा गरेका थिए । नेपाली यू-१९ टिमबाट ७ जनाले डेब्यु गरेका छन् ।
प्रतिक्रिया 4