+
+

सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १९:१३

१२ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

सुरुम निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन ।

सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भए । रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएको थियो ।

प्राप्त निवेदनका आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?