+
+

घरको फलामे गेट खस्दा च्यापिएर जनकपुरधाममा एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते २०:४५

१२ फागुन, जनकपुरधाम। घरको फलामे गेट खस्दा च्यापिएर जनकपुरधाममा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने आलम राइनका ३ वर्षीय छोरा अलि हुसैन छन् ।

सडकमा खेलिरहेको बेला बालक बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहको घरको फलामे गेट खसेर च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक बालकका आफन्त आक्रोशित हुँदै साहको घर तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । तर, प्रहरीले रोकेका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?