+
+

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १३:३६

१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् ।

राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।

उनले अघि भने, ‘हाम्रो उम्मेदवार दाउपेचको उम्मेदवार होइन ।’

नेम्बाङ उम्मेदवार हुने १० पुसमा सरकार गठनकै बेला टुंगो लागिसकेको, तर डिस्क्लोज मात्र नगरेको ओलीको दाबी छ । एउटा चक्र पूरा नगरी १० पुसमा भएको सहमति यताउता हुन नसक्ने भन्दै उनले अगाडि भने, ‘यसमा सहमत सबै पक्षले आफ्नो कमिटमेन्ट पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं । आफ्नो बचनबाट कोही पनि पछि हट्ने काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’

८ दलले नयाँ गठबन्धन बनाइसके नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले बोलाएर केही नेताहरु बसेको उनले बताए ।

‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डजीले कसरी भन्नुभयो, त्यो उहाँको कुरा हो,’ उनले भने, ‘गठबन्धन पनि छैन, गठबन्धनको निर्णय केही छैन ।’

कांग्रेसलाई समर्थन गर्ने भनेर कुन दलले वक्तव्य दिएको छ भन्ने प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘कहीँ बिग्रिएको छैन । २५ गते थाहा पाउनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?