+
+

कांग्रेस कोर्स करेक्सन गरेर अघि बढेको छ : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १७:५०

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको कार्यक्रममा उनले कांग्रेसले पहिले गठबन्धनलाई निरन्तरता दिन नसकेपनि राष्ट्रपति निर्वाचनअघि कोर्स करेक्सन गरेको बताएका हुन् ।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौं । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौं । तर अहिले पुनः नेपाली कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौं । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ’ उनले भने ।

नेता निधिले अहिले बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जाने बताए । शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए ।  सो गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी मनोनयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?