+
+

रूसविरुद्ध प्रतिबन्ध कस्दै ईयू, उच्च अधिकारीदेखि व्यापारीसम्म प्रतिबन्धको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ६:२३

१४ फागुन, ब्रसेल्स । युरोपेली संघ (ईयू) ले रूसविरुद्धको प्रतिबन्धमा थप कडाइ गरेको छ । युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी ईयूले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ ।

 ‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ । रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ’, ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ ।

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो ।

ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रूसको आक्रमणको एक वर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ । एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?