
१४ फागुन, काठमाडौं । प्रिमियर लिगमा शनिबार शीर्ष क्लबहरु आर्सनल र म्यनचेष्टर सिटी विजयी भएका छन् । लिभरपुल भने बराबरीमा रोकिएको छ ।
शीर्ष स्थानको आर्सनलले घरेलु मैदानमा लेस्टर सिटीलाई १-० ले हराएर महत्वपूर्ण ३ अंक जोड्यो । आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले ४६औं मिनेटमा गोल गरे ।
जितपछि आर्सनलले दोस्रो स्थानको सिटीममथि ५ अंकको अग्रता बनाएको थियो । तर सिटीले केही घण्टापछि नै एएफसी बर्नमाउथलाई ४-१ ले पराजित गर्दै अंक दूरी २ मा झार्यो ।
२४ खेलबाट आर्सनलले ५७ अंक जोडेको छ । एक खेल बढी खेलेको सिटीको ५५ अंक भएको छ ।
सिटीले पहिलो हाफमै तीन गोल गरेको थियो । जुलियन अल्भारेजले १५औं, एर्लिन हालान्डले २९औं र फिल फोडेनले ४५औं मिनेटमा गोल गरे । यस गोलसँगै हालान्ड सिटीका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । जारी लिगमा उनको यो २७औं गोल हो । यसअ३ २०१४-१५ को सिजमा सिटीङ्का सर्जियो अगुएरोले २६ गोल गरेका थिए ।
दोस्रो हाफमा बर्नमाउथका क्रिस मेपहामले आत्मघाती गोल गरे ।
अर्को खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि २३ खेलबाट ३६ अंक जो८को लिभरपुल सातौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4