+
+

भक्तपुरमा घरको पर्खाल भत्किएर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १२:५६

१४ फागुन, काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो ।

पर्खाल भत्किएर पुरिएका बिकको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?