+
+

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १२:४६

१४ फागुन, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य १५ रूपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख दुई हजार, तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय र चाँदीको मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख एक हजार ९ सय र चाँदीको मूल्य १ हजार २७५ रूपैयाँ तोकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?