+
+

टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १८:५३

काठमाडौं । बिहीबारदेखि सुरू भएको अपाचे ओनर्स ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्की राइड टोली भारत पुगेको छ । कम्पनीका अनुसार मार्की राइड काठमाडौंबाट सुरू भएको हो ।काठमाडौंबाट सुरू भएको मार्की राइड रक्सौल हुँदै गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर पुगेर फेरि रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।

भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा मार्की राइडको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, ‘यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ ।’

परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार २१ दिने लामो मार्की राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

टीभीएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले विश्वभरिका लाखौं मोटरसाइकल पारखीहरुलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित लागेको बताए ।

मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ सुरू यस राइडमा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश रहेको कम्पनीले बताएको छ ।

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?