+
+

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते २१:२०

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द भएको छ ।

अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?