+
+

चक्रपथमा साइट क्लियरेन्सको काम फेरि सुरु, गोंगबु क्षेत्रको शिव मन्दिर हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १०:३७
Photo Credit : Nitesh Sharma

१५ फागुन, काठमाडौं । काठमाडौंको चक्रपथ विस्तार आयोजना अन्तरगत साइट क्लियरेन्सको काम फेरि सुरु भएको छ । यसैक्रममा टोखा नगरपालिकाको गोंगबु क्षेत्रको शिव मन्दिर सहितको संरचना डोजर लगाएर हटाइएको छ ।

काठमाडौं महानगरपालिका र टोखा नगरपालिका क्षेत्रमा पर्ने चक्रपथको साइट क्लियर भैरहेको आयोजनाका प्रवक्ता रामहरी पोखरेलले बताए । उनले बिस्तारको काम भने अहिले सुरु नभए पनि क्लियरेन्सको काम मात्र भइरहेको बताए । उनले भने, ‘चक्रपथको डिजाइनमै काम गर्न अझै बाँकी छ, तर यो बिचमा साइटमा पर्ने केही मन्दिर, संरचना आयोजनाले भत्काइरहेको छ । साइट क्लियरेन्सको काम निरन्तर हुन्छ ।’

साइट क्लियर नहुँदा चक्रपथ विस्तारको काममा ढिलाइ हुँदै आएको छ । कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको डिजाइन कार्य अघि बढ्ने भएको छ । यो खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ भने नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ । चीनले नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्वतयारी नसकेको भन्दै काम थाल्न नमानेपछि करिब साढे ४ वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छ ।

हालै सो खण्डको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन छोङ्गले स्थलगत अवलोकन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले चक्रपथको दोस्रो खण्डको विस्तार छिटै सुरु हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?