
१५ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ।
सोमबार बाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरुले तालमेलको घोषणा गरेका हुन् ।
उनीहरुबीच चैत ५ मा त्रिभुव विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियू चुनावमा तालमेल गर्ने सहमति भएको हो ।
सहमतिमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4