+
+

बैठकमा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई सभाध्यक्षको रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:२६

१५ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसदको बैठकमा रहँदा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् ।

‘माननीय सदस्यहरु मोबाइल धेरै बजेको छ । त्यसलाई साइसेन्स वा स्वीच अफ गर्नुस्’ सोमबारको राष्ट्रियसभाको बैठकमा सभाध्यक्ष तिमिल्सनाले रुलिङ गरे ।

राष्ट्रिय सभाको बैठकको प्रारम्भकै परराष्ट्रमन्त्री विमला राई पौड्यालले सम्बोधन गर्दै थिइन् ।

आफ्नो विदेश भ्रमण रोकिएको विषयमा सञ्चारमाध्यमहरुमा धेरै समाचार र जिज्ञासाहरु आएको उल्लेख गर्दै उनी आफ्नो जेनेभा भ्रमण रद्ध भएको विषयका सम्बन्धमा संसदलाई जानकारी गराउँदै थिइन् ।

त्यसबेला कतिपय सांसदहरु मोबाइलमा ब्यस्त थिए । कतिपय सांसदहरुको मोबाइलमा फोन आएर घण्टी बज्यो । त्यसपछि सभाध्यक्ष तिमिल्सनाले मोबाइल साइसेन्स मोडमा राख्न वा स्वीच अफ गर्न सांसदलाई रुलिङ गरेका हुन् ।

राष्ट्रियसभा नियमावलीको परिच्छेद ६ मा राष्ट्रिय सभा बैठकको सुव्यवस्थासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न अध्यक्षले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?