+
+
Shares

राष्ट्रिय सभा अध्यक्ष दाहाल आज राति कम्बोडिया जाँदै

कम्बोडियामा आयोजना हुने इन्टर पार्लियामेन्ट्री स्पिकर्स कन्फेरेन्समा सहभागिता हुन आज राति पौने ११ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते २१:४०

९ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल कम्बोडिया भ्रमणमा जाने भएका छन् ।

कम्बोडियामा आयोजना हुने इन्टर पार्लियामेन्ट्री स्पिकर्स कन्फेरेन्समा सहभागिता हुन आज राति पौने ११ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष दाहाल मलेसियाको राजधानी क्वालालम्पुर हुँदै भोलि बिहान कम्बोडियाको नोम पेन पुग्ने कार्यतालिका रहेको छ ।

भ्रमणमा संसद् सचिवालयका उपसचिव भानु पोख्रेल पनि सहभागी छन् ।

भदौ १० गतेदेखि १२ गतेसम्म कम्बोडियाको नोम पेनमा आयोजना हुने उक्त सम्मेलनमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा अध्यक्ष दाहालले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलको नेतृत्वसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?