+
+
Shares

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन हुँदैन : अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन नहुने धारणा व्यक्त गर्नुभएको छ ।
  • अध्यक्ष दाहालले संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने बहसले संघीयतालाई कमजोर बनाउने भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
  • उहाँले भन्नुभयो, 'संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा निर्दलीय प्रणाली प्रभावकारी अभ्यास नभएकाले यस्तो बहसले सकारात्मक सन्देश दिँदैन ।'

१४ साउन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन नहुने बताएका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने र संघीय संरचना कमजोर बनाउने विषयमा भइरहेको बहसप्रति असन्तुष्टि जनाए ।

संविधानको समिक्षा गरेर संघीय शासन व्यवस्थालाई थप सुदृढ  बनाउने गरि संविधान संशोधन गरिनुपर्ने बताउँदै अध्यक्ष दाहालले संसारका कुनैपनि लोकतान्त्रिक मुलुकमा निर्दलीय प्रणाली प्रभावकारी अभ्यास नभएको उल्लेख गरे ।

‘मुख्य कुरा के हो भने यो संसारमा कतैपनि निर्दलीयता हुन्छ जस्तो लाग्दैन । त्यसकारण संविधान संशोधनको विषय आइराख्दाखेरी स्थानीय तहलाई निर्दलीय बनाउने गरि जसरी बहस गरिएको छ । यसले राम्रो सन्देश दिएको छैन । भएको संघीयता खारेज गर्ने वा संघीयता सबलीकरण गर्ने भन्ने विषयमा गम्भीर बहस हुनुपर्छ,’ उनले भने ।

साथै, स्थानीय तहलाई निर्दलीय बनाउने प्रश्तावले सकारात्मक सन्देश नदिएको उनले बताए ।

‘यसमा राष्ट्रिय सभाका समितिहरुले पनि छलफल गर्नुपर्छ । स्थानीय तह, प्रदेश तह र संघको बजेट बाँडफाँडको समस्या कहाँनिर हो ?  त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? सुशासन भनेको के हो ? कुनै व्यक्तिलाई जे मन लाग्यो त्यही बोलेर सुशासन हुने हो कि ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?