+
+

लिखु हाइड्रो पावरमा कर्मचारीको मृत्यु, ५ दिनदेखि उठेन शव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १६:२५

१५ फागुन, काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ ।

सवारी चालकका रुपमा कार्यरत कुभुकास्थलीका ४१ वर्षीय उद्योगबहादुर कटवालको मृत्यु भएको हो ।

गाडी पुछ्ने क्रममा एक्कासी बेहोस भएका उनलाई समयमा उपचारका लागि अस्पताल नल्याइँदा मृत्यु भएको परिवारको आरोप छ । मृतक कटवालका आफन्त सुशील थापाका अनुसार अघिल्लो बुधबार उनी एक्कासी विरामी भएपछि उपचारका लागि हेलिकोप्टरमा लगिदिन अनुरोध गरिएको थियो ।

तर, कम्पनीका सञ्चालकहरुले वास्ता नगरेको उनी बताउँछन् । ‘गम्भिर भएपछि उहाँले आफैं पैसा तिर्छौं, हेलिकोप्टरको व्यवस्था गरिदिनु भन्नुभएको रहेछ’, थापाले अनलाइनखबरसँग भने, ‘तर, उनीहरुले ट्यांकरमा पठाइदिएछन् ।’

परिवारका सदस्यलाई पनि समयमा यसबारे जानकारी नगराइएको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार अहिले दुई पक्षबीच छलफल भइरहेको छ । हालसम्म शव स्थानीय स्वास्थ्य चौकीमै अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?