
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- प्रोसेस पाण्डेलाई उनको जन्मथलो धादिङमा भव्य रुपमा स्वागत गरिएको थियो।
- उनको जितले उनको गाउँ र जिल्लालाई गर्व महसुस भएको छ र विभिन्न व्यक्तिहरुले उनलाई बधाइ दिएका छन्।
- प्रोसेसले ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि जितेका थिए र यसले उनको गाउँ र देशको नाम उजागर गरेको छ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोसेस पाण्डेलाई जन्मथलोमा भव्य स्वागत गरिएको छ । स्थानीयले बाजागाजा र फूलमालाले स्वागत गर्दै बधाइ दिए ।
उनको जन्मथलो धादिङस्थित गजुरी गाउँपालिका-१ मा रहेको उनले अध्ययन गरेको स्कुल आदर्श माविमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
आयोजित समारोहमा प्रमुख अतिथि थिए- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल । प्रोसेसले जिल्लालाई चिनाउने काम गरेको भन्दै उनको जितमा आफूले गर्व महसुस गरेको उनले बताए ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पनि प्रोसेसलाई बधाइ दिए । गाउँपालिकाको शीर उँचो बनाउने काममा प्रोसेसले योगदान दिएको भन्दै उनी खुसी देखिए । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले प्रोसेसको जितमा आफूले पनि गर्व महसुस गरेको बताए ।
कोच खेम सेन्चुरीले पनि जितको खुसी साटेका थिए । प्रोसेस र कोच खेमलाई स्वागत र सम्मान गरिएको थियो । गतसाता आयोजित छैटौं सिजनको फिनालेमा प्रोसेसले उपाधि जितेका थिए ।
तस्वीर : गोपीकृष्ण चापागाईं
प्रतिक्रिया 4