+
+

सुरक्षा पन्त स्टारर ‘बहाव’को ट्रेलर : राजनीतिले परिवारमा ल्याउने मतभेदको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १७:०१

काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर र गीत सार्वजनिक गरियो ।

चैत २४ गते प्रदर्शन हुने फिल्मले एउटै परिवारका सदस्यबीच राजनीतिले ल्याउने मतभिन्नताको कथा भन्छ । प्रमोद कँडेल निर्देशित फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

प्रेसमिटमा बोल्दै सुरक्षाले एक परिवारमा दुई राजनीतिक विचारधारा बोकेका सदस्य हुँदा उत्पन्न हुने असमझदारी र द्वन्द्वको कथामा फिल्म बनेको बताइन् । उनले यो कथावस्तु आफ्नो परिवारसँग पनि मिल्दोजुल्दो भएको बताइन् । निर्माता श्रीधर पौडेलले यो फिल्मको कथावस्तु प्रत्येक नेपाली घरको कथा भएको बताए ।

ट्रेलरले शीर्ष भूमिकामा रहेकी सुरक्षाको पात्रले क्रान्ति गर्न चाहेको बताउँछ । ट्रेलरमा उनको रोमान्सलाई पनि चित्रण गरिएको छ । निर्माता पौडेल र अभिनेत्री पन्तले अघिल्लो फिल्म ‘गोपी’मा पनि सहकार्य गरेका थिए । कार्तिकेय स्मिता कर्नाटकले खिचेको फिल्ममा रिकेश गुरुङ र सुशान्त गौतमको संगीत तथा ब्याकग्राउण्ड स्कोर, पटकथा निर्देशक समेत रहेका कँडेलको छ ।

फिल्मको थिम ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ राखिएको छ । आरआर प्रोडक्सनले फिल्मलाई वितरण गर्दैछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?