+
+

जब कालिञ्चोक हिउँले सेताम्मे भयो (तस्वीर)

जीवन लामा जीवन लामा
२०७९ फागुन १५ गते १७:२२

लेकाली बस्ती मौसमअनुसार आफ्नो रुपरंग फेर्छन् । जस्तो कि, दोलखाको कालिञ्चोक ।

फागुन दोस्रो सातामा जसै हिउँ फुस्फुसाउन थाल्यो, कालिञ्चोकको रुप नै फेरियो । आकाश धुम्म थियो । भुईंकुहिरोले छोपिंदै गरेका आसपासका डाँडाहरु, रंगबिरंगी लुङदरहरु, गोठतर्फ फर्किरहेका चौरीका बथान आफैंमा कुनै चित्रकारले कोरेका ल्यान्डस्केप झैं देखिए ।

अन्ततः हेर्दाहेर्दै कालिञ्चोकका थुम्काथुम्की सेतो वस्त्रधारण गरेर ध्यानमग्न भएजस्तै लाग्न थाल्यो । कालिञ्चोक नजिककै कुरी बजारलाई पनि हिउँ नै हिउँले छोपिदियो ।

यसपालि हिउँ नपर्दा स्थानीयवासी त्यति उत्साहित थिएनन् । किनभने यहाँको सौन्दर्यमा हिउँले बेग्लै आयाम थपेको छ । चाहे हिउँमा बिन्दास रमाउनेहरु हुन् वा चिप्लेटी खेल्नेहरु, कालिञ्चोकले हार्दिकतापूर्वक स्वागत गरिरहेको हुन्छ ।

हिउँ नै हिउँले ढाकिएपछि जब आकाश खुल्छ र त्यसमा घामको किरण पोतिन्छ, आगन्तुकहरु यहाँको सौन्दर्य हेरेर अघाउँदैनन् ।

‘ढिलै भएपनि हिमपात भएको छ । यसले दोलखाको होटल तथा पर्यटन व्यवसायमा केही सकारात्मक प्रभाव पर्नेछ,’ कालिञ्चोक कुरीमा रहेको होटल सुनपातीका सञ्चालक हरि ओली भन्छन् ।

‘हिउँले सेताम्मे भएको कुरी बजार र आसपासका चौंरी व्यवसायीहरु हिउँसँगै दिनचर्या बिताउन थालेका छन् । हिउँले एकैछिन चिसो बनाएपनि किसानका लागि हिउँ राहत नै ठान्छन् ।

समुन्द्री सतहबाट ३ हजार ८४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवतीको दर्शन गर्न आउनेहरु पनि यत्तिबेला हिउँ खेलेर फर्किने गर्छन् । काठमाडौंबाट नजिक भएकाले हिउँलाई स्पर्श गर्न आतुर युवाहरुको यहाँ लस्कर लाग्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?