+
+
Shares
टेलिभिजन :

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा राजावादीदेखि शिक्षक आन्दोलनलाई ब्यङ्ग्य

एपिसोडको सुरुवात ‘काफ्ले’ गीत गायनबाट सुरु भयो । प्रस्तुति भने सुमन कोइरालाबाट सुरु भयो । सुमनले शमशेरसिंह चौलागाईंको रुपमा प्रस्तुति दिए । जब उनी आफ्नो सहयोगी मुसारेसँग स्टेजमा देखिए, अनि हाँसोको माहोल सुरु भयो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १६:२१
कमेडियन सुमन कार्की (दायाँ) प्रस्तुति दिने क्रममा ।

काठमाडौं । टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ले यतिबेला दर्शकको साथ पाइरहेको छ । छैटौं एपिसोडसम्म आइपुग्दा दर्शकबाट सकारात्मक समीक्षा प्राप्त गरेको निर्माता बताउँछन् ।

मंगलबार प्रसारित नयाँ एपिसोड प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’मय बन्यो । निर्देशक नवीन चौहान, कलाकार परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईं र गायिका झुमा लिम्बु पाहुना थिए ।

एपिसोड सुरुवात ‘काफ्ले’ गीत गायनबाट सुरु भयो । प्रस्तुति भने सुमन कोइरालाबाट सुरु भयो । सुमनले शमशेरसिंह चौलागाईंको रुपमा प्रस्तुति दिए । जब उनी आफ्नो सहयोगी मुसारेसँग स्टेजमा देखिए, अनि हाँसोको माहोल सुरु भयो ।

पाहुनासँग रमाइलो कुरा गर्दै उनले दर्शकलाई हँसाए । राणाकालिन पात्रको चरित्रमा सुमनले दिएको यो प्रस्तुतिलाई धेरै मनपराइरहेका छन् ।

त्यसपछि आए ‘मुर्गा प्रसाईं’को भूमिकामा सुमन कार्की । यो एपिसोडमा सुमनले राजावादी दुर्गा प्रसाईंको भूमिकामा ब्यंग्य गर्दै माहोल तताए । चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा उनले ब्यंग्य प्रस्तुति दिए ।

त्यसपछि आए सन्तोष थापा । शिक्षकको भूमिकामा उनले केही समय अघि सम्म चलेको शिक्षक आन्दोलनको घटनालाई लिएर रमाइलो प्रस्तुति पस्किए । पाहुनासँग रमाइलो कुरा गर्दै उनले शैक्षिक प्रणालीलाई ब्यंग्य कसे ।

त्यसपछि पवन भट्टराई र कैलाश कार्की आए । सालो भिनाजुको पात्रबीचको सम्बन्धलाई लिएर बनाइएको प्रस्तुतिमा उनीहरूले हँसाउँदै पाहुनाहरु सँग निकै रमाइलो गरे ।

अन्त्यमा आए प्रभात लामा । ‘माया भाउजु’ नामक एक महिलाको पात्रमा उनले दर्शक र पाहुनालाई निकै रमाइलो गराए । यो भन्दा पहिला शोका निर्देशक विशाल भण्डारीले ‘कमेडी नाइटले रोस्टमा भन्दा नि कन्टेन्टमा जोड दिने सोच रहेको’ कुरा अनलाइनखबरलाई बताएका थिए ।

कलाकारले प्रस्तुतिमार्फत सन्देश पनि प्रवाह गर्न खोजेको देखिन्छ । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हिमालय टिभीमा हरेक साताको मंगलबार राती ९ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट प्रसारण हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?