+
+

भिटेनको स्वरमा ‘छड्के २’ को र्‍याप गीत ‘छड्के खालास् ओए’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १७:४२

काठमाडौं । अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा ‘छड्के २’ले र्‍यापर समेत रहेका भिटेनको स्वर तथा संगीतमा गीत ‘छड्के खालास्’ रिलिज गरेको छ । आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्मले पहिलो गीतको रुपमा यसलाई सार्वजनिक गरेको हो ।

भिटेनले फिल्ममा प्रमोसनसहितका अन्य केही गीत पनि गाएका छन् । यसका लागि उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माताले पुष्टि गरे । यो फिल्मसँगै भिटेन पाश्र्वगायनमा सर्वाधिक पारिश्रमिक लिने नेपाली र्‍यापर बनेका छन् । फिल्ममा यसलाई मौलिक गीत (ओएसटी)को रुपमा प्रयोग गरिने जनाइएको छ ।

यो गीत पनि भिटेन स्वयंले लेखेका हुन् । प्राकृतिक स्रोत हत्याउन फिल्ममा तीन ग्याङबीच हुन लडाइँको कथावस्तुमा फिल्म बनेको छ । फिल्ममा अनमोलले नायक र निर्देशक समेत रहेका निगम श्रेष्ठले खलनायकको भूमिकामा अभिनय गरेका छन् । र्‍याप जनराका गीत रुचाउने दर्शकलाई भिटेनको यो ट्रयाक रुचिकर हुनसक्छ ।

गीतसँगै फिल्मको कथावस्तुलाई पनि प्रस्तुत गरिएको छ । साथै, फिल्मका पात्रहरुको मुडलाई पनि यो मौलिक गीतले चित्रण गरेको छ । मनाङ र नारायणगढमा छायांकन गरिएको यो फिल्ममा अनमोलसहित रविन तामाङ, निगम श्रेष्ठ, कमलमणि नेपाल, रेशा आले मगरको शीर्ष भूमिका छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । फिल्म अनमोलको पहिलो ग्याङस्टर प्रोजेक्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?