+
+

१४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १०:३३

१६ फागुन, काठमाडौं । १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुन: सूचना जारी गरेको छ ।

सूचनामा सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?