+
+

डीएसपी कोजुलाई सेवाबाट हटाउने गृहमन्त्रालयको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ८:४६

१७ फागुन, काठमाडौं । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ ।

गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।

डीएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गरेको थियो तर उनी सम्पर्कमा आएनन् ।

कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृहमन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।

सशस्त्रको पत्र अनुसार प्रक्रिया अघि बढाउन गृहमन्त्रालयले पनि माघ ५ गते सात दिनभित्र कारणसहित सफाइ पेस गर्न सूचना निकालेकोमा कोजुले संचित बिरामी बिदा स्वीकृत गरेर क्यानडामा उपचार गराइरहेको इमेल गरेका थिए ।

तर, कोजुले इमेलमा पठाएको निवेदन सन्तोषजनक नभई सशस्त्र प्रहरी नियमावली २०७३ विपरीत भएको गृहमन्त्रालयले ठहर गरेको छ ।

उनलाई नियमावली विपरीत काम गरेको भन्दै गृहमन्त्रालयले पुन: किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?