+
+

लघुवित्तका कर्मचारीमाथि जाजरकोटमा कालोमोसो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १३:०९

१७ फागुन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिए । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताए ।

‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका रहेछन् । उनै कर्मचारीलाई दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकम सहितको झोला लिएर भागेका रहेछन्,’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?