+
+

प्रदेश १ को नाममा किरात लिम्बुवान सगरमाथा अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १६:११

१७ फागुन, विराटनगर ।  प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।

प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाले मगरले पेश गरेको प्रस्तावलाई छलफलका लागि स्वीकार गर्‍यो  भने राईले पेश गरेको किरात लिम्बुवान सगरमाथाको प्रस्तावलाई अस्वीकार गर्‍यो ।

प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संभवत: अस्वीकृत भएको बताएका थिए ।

प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?