+
+

राष्ट्रिय महिला लिगको दोस्रो चरण नहुने, एपीएफ विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:०९
एपीएफ महिला फुटबल टिम । फाइल तस्वीर

१७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नगर्ने भएको छ ।

२०७८ साल चैतमा चितवनमा पहिलो चरणको लिग आयोजना गरेको एन्फाले दोस्रो चरणको आयोजना विराटनगरमा गर्ने भने पनि गर्न सकेन ।

बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले २०७८ मा स्थगित भएको राष्ट्रिय महिला लिगलाई अंकको आधारमा पुरस्कार दिने निर्णय गरेको छ ।

‘कोभिड महामारी लगायत विविध कारणवश स्थगन हुन पुगेको राष्ट्रिय महिला लिग २०७८ लाई अंकको आधारमा पहिलो दोस्रो तेस्रो स्थान निर्धारण गरी क्रमश ७ लाख, ५ लाख र ३ लाख पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरियो’, एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

८ टिम सहभागी लिगको पहिलो चरणमा नेपाल एपीएफ क्लब सबै ७ खेल जित्दै २१ अंक जोडेर शीर्ष स्थानमा थियो ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले ५-५ खेल जित्दै समान १५ अंक जोडेका थिए ।

विजेता एपीएफले ७ लाख, उपविजेता पुलिसले ५ लाख र तेस्रो भएको आर्मीले ३ लाख  रूपैयाँ पाउनेछन् ।

कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदा लिगको पहिलो चरण आयोजना गरिएको थियो ।

दोस्रो चरण आयोजना गर्न विराटनगर महानगरपालिकासँग सम्झौता समेत भइसकेको थियो । तर एन्फाकै निर्वाचन र प्रतिनिधि सभा र स्थानिय निर्वाचनपछि आएको परिवर्तनका कारण नयाँ नेतृत्वले महिला लिग गर्न सकेन ।

असारमा भएको निर्वाचनबाट कर्मा छिरिङलाई पराजित गरी पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो । उनीहरुले महिला लिगको दोस्रो चरण सुरु गर्ने आश्वासन दिए पनि पूरा गर्न सकेनन् ।

अब एन्फाले अर्को वर्ष महिला लिग गर्ने तयारी गरेको छ ।

‘राष्ट्रिय महिला लिग ए डिभिजन लिग सञ्चालनको लागि विभिन्न एजेन्सीहरुसँग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरु अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई संघको आपतकालीन समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरियो’, कार्यसमितिको निर्णयमा लिगबारे लेखिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?