+
+

धनगढीमा फर्निचर उद्योगमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:१२

१७ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फर्निचर उद्योगमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका–६ ढुङ्गे बजारमा स्थानीय धर्मराज जोशीले सञ्चालन गरेको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा बुधबार आगलागी हुँदा करिब ३६ लाख रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले उद्योगको छानोमा वेल्डिङ गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खस्दा आगलागी भएको जानकारी दिए ।

उनकाअनुसार आगलागीबाट उद्योगमा रहेको मेसिन, औजार, काठ, प्लाइ, पलङ्ग (बेड), मोटर र लुगा कपडा गरेर अनुमानीत ३६ लाख बरावरको क्षति भएको छ । उपमहानगरपालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?