+
+

कार्यसमितिका बहुमत सदस्यको अनुपस्थितिमै एन्फाले गर्‍यो २० निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:३६

१७ फागुन,  काठमाडौं । कार्यसमितिका बहुमत सदस्यको बैठक बहिष्कार गरे पनि अखिल नेपाल फुटबल संघ एन्फाले २० वटा निर्णय गरेको छ ।

महासचिव र कोषाध्यक्षलाई बर्खास्ती गर्ने आफ्नो एजेन्डा कार्यसूचीमा समावेश नभएको भन्दै तीन उपाध्यक्षसहित १२ जनाले बिहीकारको बैठक नै बहिष्कार गरेका थिए ।

उनीहरुको अनुपस्थितिकै बीचमा अघि बढेको  बैककले प्रधानमन्त्रीकप थ्री नेशन्स कप फुटबल प्रतियोगिता आयोजनासहित, मुख्य प्रशिक्षकको नियुक्ति, विभिन्न स्थायी समिति संयोजक तोकेको छ ।

बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा पाँच सदस्यीय आपतकालीन समिति समेत गठन गरेको छ । आपतकालीन समितिमा नेम्वाङसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा तथा सदस्यहरु विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा छन् ।

एन्फाको विधान २०७७ धारा ४६ मा व्यवस्था भए बमोजिमका स्थायी समिति संयोजकहरु तोकिएको छ । जसअनुसार प्रतियोगिता समितिमा वीरबहादुर खड्का, प्राविधिक समितितमा पुरुषोतम थापा, कानुन समितिमा अनिल मल्ल, युवा फुटबल समितिमा विकास नारायण श्रेष्ठ संयोजक तोकिएका छन् ।

फुटसल समितिमा टिका लामा, खेलाडी स्तर समितिमा महेन्द्र क्षेत्री, रेफ्री समितिमा बुद्धि गुरुङ, महिला फुटबल समितिमा सरिला श्रेष्ठ मलेकु, सुरक्षा समितिमा मणीराज बिष्ट, स्वास्थ्य समितिमा भरत बुढ थापा संयोजक तोकिएका छन् ।

सुचना तथा संचार समितिको सहसंयोजकमा सुरेश साह, सदस्य संस्था समन्वय समितिमा दावा लामा, बीच सकर समितिमा भोजराज शाही, राष्ट्रिय टिम तयारी समितिमा मनिश जोशी संयोजक छन् । बैठकले बाँकी समिति र समितिका सदस्यहरु मनोनयनको जिम्मा अध्यक्ष नेम्बाङलाई दिएको छ ।

बैठकका निर्णयबारे जानकारी दिन एन्फाले जारी गरेको विज्ञप्ति

अखिल नेपाल फुटबल संघको आज मिति २०७९ फाल्गुण १७ गते बसेको कार्यसमितिको बैठक बाट निम्न निर्णयहरु भएको छ ।

१) आगामि २०७९ चैत्र ६ देखि १७ (March 20-31, 2023) सम्म नेपाल, भुटान, लाओस सम्मिलित अन्तराष्ट्रिय प्रतियोगितालाई “प्रधानमन्त्री थ्रीनेसन कप नामाकरण गरी प्रतियोगिता समितीको जिम्मेवारीमा दशरण रंगशालामा सञ्चालन गर्ने यस प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिटतर्फ रु ५०० र भि आई पि तर्फ रु १००० तोक्ने निर्णय गरियो । डिजिटल अधिकार र मार्केटिङको लागि महिला ओलम्पिक छनोट खेल सगै एकमुष्ठमा रु ३० लाख र ५० लाख न्युनतम मुल्य निर्धारण गरी टेण्डर आह्वान गर्ने निर्णय गरियो ।

२) पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समुह सि को खेल मिति २०७९ चैत्र २० देखि २८ गतेसम्म (April 3-11) नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशालामा प्रतियोगिता समितिको जिम्मेवारीमा सचालन गर्ने निर्णय गरियो । प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिट तर्फ रु ३०० र भि आई पि तर्फ रु १००० निर्धारण गरियो । साथै दुवै प्रतियोगिताको टिकटिङ सघ आफैले गर्ने निर्णय गरियो ।

३) ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सन्चालनको लागी विभीन्न एजेन्सीहरुसग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरु अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई सघको आपतकालिन समिति बाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरीयो ।

४) बि डिभिजन लिग मिति २०७९ चैत्र २९ गते बाट सन्चालन गर्न नया मिति निर्धारण गरियो साथै सि डिभिजन लिग जेठ १६ गतेबाट सन्चालन हुने गरी सम्बन्धीत क्लबहरुसंग बैठक बसी थप निर्णय गर्ने ।

५) जिल्ला लिग २०२३ वैशाख महिना बाट सन्चालन गर्ने निर्णय गरियो । यसको लागी सबै जिल्लाको सहभागितामा एक कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरियो ।

६) कोभिड महामारी लगायत विविध कारणवश स्थगन हुन पुगेको राष्ट्रिय महिला लिग २०७८ लाई अकको आधारमा पहिलो दोस्रो तेस्रो स्थान निर्धारण गरी क्रमश ७ लाख, ५ लाख र ३ लाख पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरियो । महिला लिग २०८० को सन्दर्भमा प्रस्ताव नम्बर 3 को निर्णय अनुरुप हुने निर्णय गरियो ।

७) वर्ष वि.स २०८० वैशाख देखि सुरु हुने गरी यु-१४ र यु-१७ फुटबल प्रतियोगिता छात्र तथा छात्रा दुवै उमेर समुहमा जिल्ला प्रदेश र केन्द्रमा आयोजना गर्ने सो को लागी आवश्यक खाका प्रतियोगता समितिले तय गर्ने निर्णय गरियो ।

८) पदपूर्ति समितिले सिफारिस गरे अनुसार वितिय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ईटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेस नियुक्ति गर्ने निर्णय गरियो ।

९) महिला र फुटसलको फ्रेन्चाईज प्रतियोगिताको लागी सार्वजानिक सुचना जारी गर्ने र प्राप्त प्रस्ताव मध्ये उत्कृष्ट र बढी रकम कबोल गर्ने प्रस्ताव स्वीकृत गरी फ्रेन्चाईज प्रतियोगिता आयोजना गर्ने विभिन्न निजि कम्पनिहरुलाई आह्वान गर्ने निर्णय गरियो ।

१०) महिला एकेडेमी सन्चालनको लागी रौतहट एकेडेमीको कानुनी समस्या समाधान गरी चाडो भन्दा चाड़ो महिला यु-१४ उमेर समुहको एकेडेमी सन्चालन गर्ने निर्णय गरियो ।

११) सातै प्रदेश सघको अधिवेशन वैशाख मसान्त सम्म सम्पन्न गर्ने निर्णय गरियो ।

१२) फुटसल समितिले यस वर्षको उपयुक्त समय हेरेर फुटसल लिग सन्चालन गर्ने निर्णय गरियो ।

१३ ) NSEM सग संघका अध्यक्ष ज्युको नेतृत्वमा गठित समितिले गरेको सम्झौतालाई अनुमोदन गरियो । यसको लागि सम्झौता अनुरुपको समय उपलब्ध गराउने निर्णय गरियो । १

४) शेर्पा आउटडोर प्रालि (केटीएम सिटी) सगको सम्झौताको अवधी समाप्त हुन लागेकाले तत्काल नियमानुसार अर्को ३ बर्षको लागि सुचना प्रकाशीत गरी नया टेण्डर आह्वान गर्ने निर्णय गरियो ।

१५) विश्वको विभिन्न देशमा बसोबास गर्ने नेपालीहरु र फुटबल माया गर्ने व्यक्तित्वहरुलाई समेटी सम्बन्धीत देशमा सघको समन्वय समिति गठन गर्ने निर्णय गरियो। शिव खडका को नेतृत्वको जापान समन्वय समितलाई पुर्णता दिने गरी अनुमोदन गर्ने निर्णय गरियो ।

१६) एन्फाको विधान २०७७ धारा ४६ मा व्यवस्था भए बमोजिमका स्थायी समिति सयोजकहरु तपशिल बमोजिम तोक्ने

क) प्रतियोगिता समिति वीर व खड्का,

ख) प्राविधिक समिति- पुरुषोतम थापा

ग) कानुन समिति- अनिल मल्ल

घ) युवा फुटबल समिति- विकास नारायण श्रेष्ठ

ङ)फुटसल समिति टिका लामा

च) खेलाडी स्तर समिति- महेन्द्र क्षेत्री

छ) रेफ्री समिति- बुद्धि गुरुङ

ज) महिला फुटबल समित- सरिला श्रेष्ठ मलेकु

झ) सुरक्षा समिति- मणीराज बिष्ट

) स्वास्थ्य समिति- भरत बुढ थापा

ट) सूचना तथा सचार समिति सहसंयोजक- सुरेश साह

ठ) सदस्य सस्था समन्वय समिति- दावा लामा

ड) बीच सकर समिति- भोजराज शाही

द) राष्ट्रिय टिम तयारी समिति- मनिश जोशी

बाँकी समिति र समितिका सदस्यहरु अध्यक्षज्युले मनोनित गर्ने।

१७) धारा ४५ बमोजिम आपतकालिन समिति तपशिल बमोजिम गठन गर्ने निर्णय गरियो । अध्यक्ष पंकज नेम्बाङ, सदस्य- वीर व खड़का दावा लामा  विकासनारायण श्रेष्ठ पुरुषोतम थापा

१८) सीईओ नियुक्तिको लागि सूचना प्रकाशन गर्ने सघको सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल र अरुणमान जोशी र सह कोषाध्यक्षमा पुर्णमान चित्रकार लाई नियुक्ति गर्ने निर्णय गरियो ।

१९) ग्रासरुट हेडमा पकज शाहि युथ हेडमा नविन महर्जन र नविन न्यौपाने हेड अफ कोच एजुकेशनमा सन्जित सिंह र महिला हेडमा राजुकाजी शाक्यलाई नियुक्ति गर्ने निर्णय गरियो ।

२०) विभिन्न देशहरुका फुटबल संघहरु सग नेपालको फुटबल बिकासको लागी दिपक्षीय सम्झौताहरु गर्ने।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?