+
+

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १८:५२

१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।

प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए ।

छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् । दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?