+
+

कर्मचारीलाई कालोमोसो दल्नु अमानवीय र अराजकताको पराकाष्ठा : लघुवित्त बैंकर्स संघ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १८:४०

१७ फागुन, काठमाडौं। नेपाल लघुवित्त बैंकर्स संघले कर्मचारीलाई कालो मोसो दल्नु अमानवीय र अराजकताकाको पराकाष्ठ भएको बताएका छ ।

मंगलबार जाजरकोटमा एनआईसी एशिया लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि कालोमोसो दल्ने र संकलित रकम समेत लुटेर भाग्ने कार्य भएको भन्दै संघले उक्त कार्यको निन्दा गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्षदेखि ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई विनाधितो कर्जा उपलब्ध गराएर जीवनस्तर माथि उकास्न निरन्तर लाग्ने क्षेत्रमाथि भएको उक्त कार्य अमानवीय भएको संघले बताएको छ ।

‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गरिबी न्यूनीकरण र महिला शक्तिकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथि भएको यो कारवाही अमानवीय र अराजकताको पराकाष्ठा हो । यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वित्तीय कारोबार अत्यावश्यक सेवा रहेको र उक्त सेवा शान्ति सुरक्षाविना प्रदान गर्न नसकिने लघुवित्त बैंकर्स संघले जनाएको छ ।

संघले लघुवित्त तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसँग समन्वय गरी कार्य गर्न पनि अपिल समेत गरेको छ ।

संघका अध्यक्ष प्रकाश राज शर्माले देशमा अराजकताको अवस्था सिर्जना भएको भन्दै यस्तो परिस्थतिमा कत्ति पनि विचलित नभई आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मीहरुलाई अनुरोध गरेको छ ।

यस्ता गतिविधिबाट जनमानसमा नकारात्मक प्रभाव पार्ने र देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना रहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गरी शान्तीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न संघले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?