+
+

ललितपुर महानगरका ९४३ जना कोरोना प्रभावितलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १९:५१

१७ फागुन, काठमाडौं । कोरोनाका कारण प्रभावित ९४३ जनाले ललितपुर महानगरपालिबाट राहत स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् । आर्थिक सहयोगका लागि एक हजार २३ जनाले निवेदन दिएका थिए । आवश्यक कागजपत्र नपुगेका कारण ८० जनाले सहयोग नपाएको महानगरपालिकाले जनाएको छ ।

कोरोना उपचार तथा राहत अन्तर्गत आर्थिक सहयोग वापत ६ करोड ७१ लाख १० हजार प्रदान गरिएको महानगरको कोरोना उपचार तथा राहत सहयोग सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । महानगरमा स्थायी बसोबास गर्नेलाई राहत स्वरुप आर्थिक सहयोग दिएको थियो ।

महानगरीय विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा नगर प्रमुख चिरिबाबु महर्जनले कागजात नपुगेकालाई कागजात पुर्‍याएर आउन १५ दिनको सूचना गर्ने बताए ।

प्रमुख महर्जनले भने, ‘सूचना जारी गरौं, तोकिएको अवधिभित्र कागज पुगे, उहाँहरुले पनि पाउनुहुन्छ, हामीले अन्याय गरेको ठहरिंदैन, उहाँहरुको विषयलाई अन्डर टेक गरेको ठहरिंदैन ।’ उक्त समितिको संयोजक महानगर प्रमुख हुने व्यवस्था छ ।

महानगरले कोरोना राहत वापतको आर्थिक सहयोग अब बन्द गर्ने निर्णय पनि गरेको छ ।

कोरोनाका कारण मृत्यु भएका ३९२ जनाका परिवारलाई एक लाख २० हजारका दरले राहत उपलब्ध गराएको महानगरले जनाएको छ ।

आईसीयू र सीसीयूमा बसेर उपचार गरी फर्केका कोरोना पीडित व्यक्तिलाई जनही ६० हजार र कोरोनाका कारण बिरामी भई उपचारका लागि अस्पताल पुगेका व्यक्तिलाई ३० हजार रुपैयाँ तथा बिलको आधारमा समेत कोरोना प्रभावितलाई राहत सहयोग उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?