+
+

जनकपुरमा अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते २०:०३

१७ फागुन, जनकपुरधाम । जनकपुरधाममा बुधबार अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन एमाले नेतृ तथा प्रतिनिधि सभा सदस्य जुली महतोले गरेकी छन् ।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगितामा १६ वटा कलेजको टिम खेल्ने आयोजक अन्तरस्तरीय क्रिकेट प्रतियोगिता २०७९ जनाएको छ ।

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद महतोले खेलाडीहरुको संरक्षण गर्नुपर्ने बताइन् । खेलाडीमाथि सरकारको ध्यान नपुग्दा प्रतिभावान खेलाडी पलायन भएको उनले उल्लेख गरिन् ।

‘खेल र खेलाडीमाथि राज्यको ध्यान नपुगेको महसुस भइरहेको छ,’उनले भनिन्,‘जसले गर्दा प्रतिभावान खेलाडीहरु पलायन भइरहेको छ ।’

उद्घाटन खेल मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी (मिट)ले जितेको छ । बुधबार तीन विकेटले धनुषा साइन्स कलेज क्रिकेट टिमलाई हराउँदै मिट विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?