+
+

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ८:१७

१८ फागुन, काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।

गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १।३० देखि २ बजेसम्म ।’

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?