+
+

‘क्रिड ३’को विश्व प्रिमियरमा हलिउड स्टारहरु, नेपालमा पनि भोलि रिलिज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १२:२५

काठमाडौं । माइकल बी जोर्डनको शीर्ष भूमिका रहेको हलिउड स्पोर्ट्स ड्रामा ‘क्रिड ३’को नेपाली समयानुसार बिहीबार बिहान अमेरिकाको लस एन्जलसमा विश्व प्रिमियर गरिएको छ । अभिनेत्री टेसा थम्पसन सुनौलो झिलिमिली पोसाकमा रेडकार्पेटमा उपस्थित हुँदा अभिनेता जोर्डन भने स्लीक सुटमा सहभागी भए ।

३९ वर्षीया मार्वल अभिनेत्रीले ‘ब्ल्याक प्यान्थर’ फेम्ड ३६ वर्षीय अभिनेतासँग फिल्ममा अभिनय गरेकी छन् । प्रिमियरमा अभिनेता समेत रहेका जोर्डनले आफ्नो डेब्यु निर्देशकीय अवसरलाई सेलिब्रेसन समेत गरे । ‘क्रिड ३’ शुक्रबारदेखि नेपाललगायत मुलुकमा रिलिज हुँदैछ । यो रकी फिल्म सिरिजको नवौं श्रृंखला हो ।

सिल्भर स्टालोनबिनै क्रिडको नयाँ श्रृंखला आउन लागेको हो । यद्यपि निर्माताको रुपमा अभिनेता स्टालोन अझै रहनेछन् । फिल्मले बाल्यकालका दुई साथीबीचको मित्रता र दुश्मनीको कथा पेस गर्छ । खेलसम्बन्धी फिल्ममा रुचि राख्ने दर्शकलाई यो फिल्म प्रिय लाग्नसक्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?