+
+

संविधानको परिधिमा रहेर भूमिका निर्वाह गर्ने रामचन्द्र पौडेलको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १५:२१

१८ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएमा संविधानको परिधिमा रहेर राष्ट्रपतिको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्ता गठबन्धनका ८ दलका संघीय सांसदहरुको काठमाडौंमा भएको भेलामा पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरीलाई आफूलाई नदोहोर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।

‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने, संविधानको संरक्षकको रुपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट आएको छ,’ भेलामा भएका छलफलबारे जानकारी दिँदै कांग्रेस नेता प्रदीप पौडेलले भने ।

भेलामा ८ दलका शीर्ष नेताहरूले पौडेललाई राष्ट्रपतिमा समर्थन गर्नु परेको कारणबारे आफ्ना सांसदहरूलाई जानकारी गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?