+
+

निर्देशन कार्यान्वयन नगरेको भन्दै रजिष्ट्रार दाहालविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते ११:१२

१९ फागुन, काठमाडौं । राष्ट्रिय सूचना आयोगको निर्देशन कार्यान्वयन नगरेको भन्दै धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहाल विरुद्ध सूचना आयोगमा उजुरी दिएकी छन् ।

गत माघ ५ गते राष्ट्रिय सूचना आयोगले धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले बेथिती, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्ट्रारलाई भन्डारीको निम्लबन फुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नुपर्ने पारिश्रमिक, सुविधा समेत उपलब्ध गराउन निर्देशन दिएको थियो ।

तर, डेढ महिनासम्म पनि रजिष्ट्रारले आयोगको निर्देशन कार्यान्वयन नगरेपछि कार्यान्वयन र जरिवाना गरिपाऊँ भन्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दिएको भण्डारीले बताइन् ।

धनकुटा क्याम्पसको परीक्षा शाखामा कार्यरत भण्डारीले २०७७ फागुन १० गते क्याम्पसमा परीक्षार्थीको उत्तरपुस्तिका सट्टापट्टा भइरहेको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले भण्डारीलाई नै निलम्बन गरेको थियो ।

क्याम्पसमा भइरहेको बेथिती रोक्ने प्रयास गर्दा क्याम्पस तथा त्रिविले आफूमाथि नै अन्याय गरेको भन्दै भण्डारीले राष्ट्रिय सूचना आयोगमा उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?