+
+

रकम नभएको चेक दिएर झुक्याउने कृष्णबहादुर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १५:५७

१९ फागुन, काठमाडौं । आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएका कृष्णबहादुर गुरूङ पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।

गोरखा आरुघाट गाउँपालिका-५ घर भईं काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय गुरूङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएका थिए । उच्च अदालत, पाटनको २४ माघ २०७९ माघमा बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसल सुनाएको थियो ।

फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएका उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?