+
+

खगराज भन्छन्-सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति चाहिन्छ

जनक विष्ट जनक विष्ट
२०७९ फागुन २१ गते ७:५२

२१ फागुन, धनगढी । यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति मागेको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन् ।

‘उहाँ (मुख्यमन्त्री)सँग भेटेर हाम्रो पार्टीको संसदीय दलले गरेको निर्णयका सम्बन्धमा जानकारी गराएँ । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डाको कुरा प्याकेजमै टुंग्याउनुपर्छ भनेर कुरा पनि राखे,’ भट्टले भने, ‘यी सबै कुराहरु मुख्यमन्त्री ज्यूले लिखितरुपमै सहमति र प्रतिबद्धता जनाउनुपर्छ भन्ने हाम्रो माग छ ।’

मुख्यमन्त्री शाहले त्यसपछि भने छलफलका लागि नबोलाएको नेता भट्टको भनाइ छ ।

माओवादी केन्द्रले लिखित सहमति खोजेपछि मुख्यमन्त्री शाहले सबै कुरा आफ्नो तहबाट टुंगो लगाउन नसक्ने भएकाले पार्टी नेतृत्वसँग छलफल गर्ने जवाफ दिएका छन् ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी र नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता खोजेपछि आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका शाह समस्यामा परेका छन् ।

माओवादी केन्द्रले विश्वासको मतका सम्बन्धमा छलफल गर्न आइतबार पनि संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बस्ने माओवादी केन्द्रका उपनेता अक्कल रावलले जानकारी दिए ।

बैठकमा प्रदेश सरकारका सम्बन्धमा छलफल हुने रावलले बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?