+
+

पुनर्संरचनासहित १३ वर्षपछि पुनरागमनको तयारीमा पप ब्याण्ड क्रसरोड्स

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ११:४६

काठमाडौं । १३ वर्षको अन्तरालपछि चर्चित पप ब्याण्ड क्रसरोड्सको पुनरागमन निश्चित भएको छ । ९० को दशकको यो चर्चित ब्याण्डले सदस्य हेरफेर गर्दै वैशाखमा नयाँ गीत सार्वजनिक गर्ने र टुर गर्ने घोषणा गरेको छ । लिड भोकलिस्ट सञ्जय श्रेष्ठले ब्याउड पुनर्संरचनासहित फर्कने तयारीमा रहेको बताए ।

तीन नयाँ गीत ‘जे भो राम्रै भो’, ‘मौका त मिल्ला नमिल्ला’ र ‘थ्यांक्स गड इट्स फ्राइडे’ रेकर्ड भइसकेका छन् । चैतसम्म यीमध्ये दुई गीतको भिडियो सार्वजनिक गर्ने तयारी छ । त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरमा निस्कने उसको तयारी छ ।

तीन दशकअघिको चर्चित गीत ‘त्यो मुटुलाई’ समेत रि–एरेन्ज गरेर सार्वजनिक गर्ने तयारी रहेको गायक श्रेष्ठले बताए । २०४८ सालतिर गठन भएको ब्याण्डले केही सदस्य थपेको छ, जसमा सुरक्षा मल्ल र श्रेया नेपालसहित रविन कार्की स्याक्सोफोन तथा लक्ष्मी महर्जन रिदममा छन् । ‘माया मेरी माया’, ‘त्यो मुटुलाई’ ब्याण्डका चर्चित गीतहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?