+
+

पियुष मिश्राको खुलासा : कक्षा ७ मा पढ्दा महिला आफन्तले ममाथि यौन दुर्व्यवहार गरिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १३:३५

काठमाडौं । भारतीय अभिनेता पियुष मिश्राले आफ्नो प्रारम्भिक जीवनको एक दर्दनाक घटनाबारे खुलासा गरेका छन् । आत्मकथा ‘तुम्हारी औकात क्या है पियुष मिश्रा’मा उनले ५० वर्ष पहिले आफूलाई एक महिला आफन्तले यौन दुर्व्यवहार गरेको उल्लेख गरेका छन् ।

पीटीआईसँगको हालैको अन्तर्वार्तामा मिश्राले उक्त घटनापछि आफ्नो जीवनमा गहिरो प्रभाव परेको बताएका छन् । उनले ती व्यक्तिसँग बदला लिन नचाहेको समेत बताए । उनले भने, ‘पहिलोपटकको यौन सम्बन्ध स्वस्थ हुनुपर्छ । नत्र यसले जीवनभर दाग दिन्छ र विचलित बनाउँछ ।’

उनले अगाडि भनेका छन्, ‘त्यो यौन दुर्व्यवहारले मलाई जीवनभर जटिलता दियो र यसबाट बाहिर आउन लामो समय लाग्यो । म केही व्यक्तिहरूको पहिचान लुकाउन चाहन्थें । तीमध्ये केही महिला छन् भने केही पुरुषहरू जो अहिले फिल्म क्षेत्रमा स्थापित भइसकेका छन् । म कसैसँग बदला लिन चाहन्नँ, कसैलाई चोट पु¥याउन चाहन्नँ ।’

उनको पुस्तकले भारतीय फिल्म उद्योगमा दशकौं लामो यात्रा र दर्शकमाझ स्थापित हुनेतर्फ गरेको संघर्ष र कठिनाइलाई वर्णन गर्छ । ‘मलाई लामो समयदेखि उपन्यास लेख्ने रहर थियो, तर अहिले यो कुरा सोचभन्दा बाहिरको भइसक्यो । म संगीत निर्देशक भएर बस्न चाहन्नँ, गाउन पनि चाहन्नँ, अभिनय मात्र गर्न चाहन्नँ, मिश्राले भने, ‘अब मेरो दिमागमा फिल्म निर्देशन छ । त्यो म अन्वेषण गर्न चाहन्छु । त्यो कहिले हुन्छ हेरौं ।’

एक अभिनेता, गायक र संगीतकारको रूपमा परिचित पियुष मिश्राको आत्मकथा सन्ताप त्रिवेदी वा ह्यामलेटको चरित्रमार्फत वर्णन गरिएको छ, जतिबेला उनी नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा चर्चित थिए । पुस्तकमा पियुषले अभिनय र थिएटरमा आफ्नो रुचिको बारेमा पनि कुरा गरेका छन्, जहाँ उनका बुबाले उनलाई चिकित्सा विज्ञानमा करिअर बनाउन दबाब दिए पनि उनले अन्ततः छाडे र २० वर्षको उमेरमा एनएसडीमा सामेल हुने निर्णय गरे ।

विशाल भारद्वाजको मकबुल (२००४), अनुराग कश्यपको गुलाल (२००९) र विशेषगरी सन् २०१२ को ‘ग्याङ्स अफ वासेपुर’मा उनले काम गरे, जहाँ उनले कथाकारको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?