+
+

होलीको रंगमा रोमान्टिक अरुण र शुभेच्छा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १४:२२

काठमाडौं । सोमबार पहाडी र मंगलबार तराई क्षेत्रमा फागुपूर्णिमा अर्थात् होली मनाइँदैछ । तर फिल्म ‘प्रेमा’का शीर्ष कलाकारद्वय अरुण क्षेत्री र शुभेच्छा खड्काले भने आइतबार नै होली मनाएका छन् । थापाथलीस्थित यूएन पार्कमा खिचिएको तस्वीरमा दुवै होलीको रङमा रोमान्टिक देखिएका छन् ।

यी दुईले होली विशेष फोटोसुट गराएका हुन् । रातो रङमा यी दुईको केमेस्ट्री झल्किएको छ । उनीहरुले विभिन्न पोजमा आकर्षक तस्वीर पनि खिचाएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘प्रेमा’ चैत १७ गते देशव्यापी प्रदर्शन हुँदैछ । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको फिल्ममा गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन छ ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेच्छा र सृष्टिसहित विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

फिल्मलाई गोविन्दसिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामथ्र्यविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको छायांकन छ ।

तस्वीर सौजन्य : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?