
फाइल तस्वीर ।
२३ फागुन, फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका-१ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् ।
आगलागीबाट कुम्मायक गाउँपालिका-१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि सकेनन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4