+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि प्राधिकरणले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १५:११
फाइल तस्वीर

२३ फागुन, काठमाडौं । स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि नेपाल विद्युत प्राधिकरणले सचेत गराएको छ ।

स्थानीय तहले प्राधिकरणको सहमति नलिई सडक बत्ती जडान गर्दा विद्युत शक्ति मापन हुन नसकेको भन्दै प्राधिकरणले यसो नगर्न भनेको हो । एकातर्फ विद्युत शक्तिको मापन नहुने र अर्कोतर्फ मापन नभएको विद्युतको बक्यौता भुक्तानी नभएको भन्दै प्राधिकरणले त्यसो नगर्न स्थानीय तहहरुलाई सचेत गराएको हो ।

पछिल्लो समय देशैभर उज्यालो अभियान भन्दै सडक बत्ती जडान र बाल्ने गरिएको छ । यसरी बत्ती बाल्दा नेपाल विद्युत प्राधिकरण अन्तर्गतका वितरण केन्द्रको सहमति लिएर मात्र प्राधिकरणको विद्युत लाइनबाट सडक बत्ति राख्न प्राधिकरणले सचेत गराएको छ ।

सडक बत्तीको बक्यौता तिर

स्थानीय तह र प्राधिकरणबीच काठमाडौं महानगरपालिकासहित देशका अधिकांश स्थानीय तहसँग यस्तो बक्यौता रहेको छ ।

प्राधिकरणले सडक बत्तीको बक्तयौता विद्युत महसुल शीघ्र भुक्तानी गर्न भनेको छ । यसरी मापन भएको विद्युतको समेत महसुल नतिर्दा प्राधिकरणले ठूलो क्षति बेहोर्नु परेको समेत प्राधिकरणको भनाइ छ ।

सडक बत्तीको विद्युत मापन गर्न मिटर अनिवार्य

प्राधिकरणका अनुसार अब सडक बत्तीको विद्युत मापद गर्न मिटर अनिवार्य जोड्नु पर्ने भएको छ । सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क दिने गरेको छ ।
एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १ सय वाटको ५० भन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिन्छ । सोहीकारण छुट्टाछुट्टै सडक बत्तीलाई छुट्टाछुट्टै मिटर समेत नचाहिने प्राधिकरणले स्पष्ट पारेको छ ।

मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केबल तानेर सडक बत्तीका लागि मिटर जडान गर्न समेत प्राधिकरणले स्थानीय तहलाई अनुरोध गरेको छ । तोकिएको समयमा मिटर जडान नगरे वा विद्युत महसुल बाँकी बक्यौता नबुझाए कानुन अनुसार कारबाहीको प्रक्रियामा जाने चेतावनी नेपाल विद्युत प्राधिकरणले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?