+
+

पलेशा गोवर्धनलाई पारा एथलेट सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १५:४२

२३ फागुन, काठमाडौं। पलेशा गोवर्धनले पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पारा एथलेट सम्मान अवार्ड प्राप्त गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवन कमलादीमा भइरहेको अवार्ड अन्तर्गत पलेशाला२ पारा एथलेट सम्मान प्रदान गरिएको हो ।

वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा पलेशालाई उक्त अवार्ड प्रदान गरिएको हो । जापानमा भएको पारा ओलम्पिकमा दुई बाउट जित्दै पलेशा पदक नजिक पुगेकी थिइन् । त

र त्यहाँ उनी झन्डै झन्डै पदकको नजिक पुगिसकेकी थिइन्। तर ९ सेकेन्ड खेल सम्हाल्न नसक्दा पदक विमुख हुनु पर्यो । तर उनले त्यहाँ नेपाली ओलम्पिकको इतिहासमा २ जना प्रतिद्धन्दीलाई हराएर उनले नयाँ इतिहास भने रचिन् ।

टोकियोमा पदक नजितेपनि उनले त्यहाँबाट फर्के लगत्तै पलेशाले एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितिन्। अब उनी सामान्य पलेशा गोवर्धन नभएर ओलम्पियन पलेशा बनिसकेकी थिइन् । अब उनीसँग अन्तर्राष्ट्रिय स्वर्ण पदक छ ।

१० वर्षको उमेर देखि खेल क्षेत्रमा होमिएकी तेक्वान्दो खेलाडी पलेशालाई ‘फरक क्षमताको खेलकुद क्षेत्र’ को रोल मोडल हुन् भन्दा फरक पर्दैन। उनको ब्यवहार, मेहनत र आत्मविश्वासले उनले सफलता हासिल गरेकी हुन् ।

एक दशकको खेलकुद यात्रामा पलेशाले खेलकुदका धेरै पक्ष बुझिसकेकी छिन्। खेलकुदमा शिक्षाको महत्व धेरै रहेको उनको अनुभव छ। र आफुले सिकेको अनुभव भविष्यमा पारा खेलाडीहरुको भलाईमा प्रयोग गर्ने सपना बुनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?