+
+

एसियन क्रस कन्ट्रीमा दिपक अधिकारीलाई ऐतिहासिक स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १६:३७

२३ फागुन, काठमाडौं । दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन् ।

गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

यस्तै जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे । नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।

सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण जितेको छ । दीपक, मुकेशसँगै दिपक सुहाङ नेपालका लागि टिममा स्वर्ण दिलाए । यस इभेन्टमा इरानले रजत र भारतले कास्य पदक जितेको छ ।

च्याम्पियनसिपमा नेपालले सिनियर महिला १० मिटरमा नेपालकी राजपुरा पछाईले रजत जितिन् । महिला सिनियर टिमतर्फ पनि नेपालले रजत जित्यो ।

यस बाहेक नेपालले जुनियर महिलामा दुई रजत र जुनियर पुरुषमा एक कास्य जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?