+
+

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्न राप्रपाभित्र दबाव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १७:०९

२४ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क छ ।

एक नेताका अनुसार अध्यक्षसहित केही नेताले बोल्न बाँकी छ । ‘धेरैले तटस्थ बस्नुपर्ने राय दिनु भएको छ, ती नेता भन्छन्, ‘केहीबेरमा पार्टीले औपचारिक निर्णय गर्ला ।’

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?